कैलाली: बैतडीलगायत नेपालका पहाडी ठाउँ हरुमा यति बेला हिउँदका समयमा बस्तुभाउलाई खुवाउन सुकाएर तयार गरिने घाँस अर्थात खर काट्ने काम सुरु भएको छ । विशेष गरी महिलाहरूलाई खर काटने चटारो भएको छ । प्रत्येक वर्ष असोज देखि कार्तिक महिना सम्म खर काट्ने गरिन्छ । वनपाखाँमा खर काट्ने क्रममा भीरबाट लडेर वर्षेनी कैयौँ महिलाको अकालमै ज्यान समेत जाने गरेको छ।
वनपाखामा महिलाहरू नै बढि जसो घासँ काट्न जाने भएकाले उनीहरुको जीवन जोखिममा पर्ने गरेको छ । प्रत्येक वर्ष पहाडका भिरपखामा खर काटने क्रममा भिरबाट खसेर एक दर्जन महिलाको अकालमै ज्यान जाने गरेको छ । कहिलेकाहीँ मात्रै घटना बारे प्रहरीलाई जानकारी दिने भएकाले प्रहरीको अभिलेखमा पनि कमै घटना दर्ता हुने गरेका छन् ।
ग्रामीण भेगमा बसोवास गर्नेहरुको मुख्य पेशा कृषि र पशुपालन हो । गाई वस्तुका लागी हिउँदमा खासै घास नहुने हुदा खर काटेर भण्डारण गर्ने गरिन्छ । वनपाखामा खर वा घासँ काट्ने क्रममा भीरबाट खसेर हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्ने उपाय तथा चेतना अभावमा महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।
