दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकाले पालिकाभित्र रहेका एकल पुरुषहरुलाई भत्ता दिने भएको छ । आइतबार एक सुचना सार्वजनिक गदैँ गाउँपालिकाले एकल पुरुषहरुलाई भत्ता दिने जनाएको छ ।

दुहुँ गाउँपालिकाले गैर दलितको हकमा ५० वर्ष देखि ६७ वर्ष ननाघेको तथा दलितको हकमा ५० वर्ष देखि ५९ वर्ष ननाघेको पुरुषलाई मासिक रुपमा रु ५ सयका दरले भत्ता उपलब्ध गराउने तयारी गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विर सिह धामीले जानकारी दिए ।

गाउँपालिकाको आव २०८०÷८१ को नीति तथा कार्यक्रममा समावेश गरी एकल पुरुषलाई भत्ता दिने  निर्णय गरिएको हो ।
गाउँपालिकाले भत्ता वितरण गर्नका लागि सम्बन्धीत वडाबाट आवश्यक कागजपत्र समेत माग गरेको छ । कागजपत्रमा नेपाली नागरीकताको प्रमाण पत्र सक्कल,पासपोर्ट साइजको फोटो २ प्रति पत्नीको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धीत वडाको सिफारिस तथा ५० वर्ष सम्म विबाह नगरेको एकल पुरुषको हकमा वडाको विबाह नगरेको प्रमाण पत्र ल्याउन आग्रह गरेको छ ।
यो भन्दा पहिले जिल्लाको अपि हिमाल गाउँपालिकाले समेत एकल पुरुषहरुलाई भत्ता दिदैँ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय