दार्चुला । मानवीय सहायता साझेदारी मञ्च (एचपीपी) को समन्वय तथा केयर नेपालको आर्थिक सहयोगमा दुहुँ गाउँपालिका वडा नम्वर २ का बाढी पहिरो पिडितलाई ग्रामीण बिकास समाज दार्चुलाले बिभिन्न सामग्री सहयोग गर्नु भएको छ ।
२०७८ साल भाद्र १३ गते रातिको अबिरल बर्षा सँगै आएको बिनासकारी बाढी र पहिरोबाट प्रभावित दुहुँ २ को अफरे टोलका ३२ परिवारलाई मंगबार एक कार्यक्रमका बिच विभिन्न सामग्री बितरण गरिएको हो ।
किचन सेट, त्रिपाल, म्याट, सरसफाई किट, बाल्टी रस्सी प्रत्येक परिवारलाई बितरण गरिएको छ । बितरण कार्यक्रम वडा नम्वर २ का वडा अध्यक्ष गोविन्द सिह डडालको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष शान्ति बमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बमले बाढी पहिरो पिडितलाई थोरै भएपनि चर्केको घाउँमा मलम लगाउने प्रयास गरेको भन्दै सिआरडिएसको टिमलाई धन्यवाद दिनु भयो । सिआरडिएसले यस अघिपनि जिल्लाका बिभिन्न ठाउँका बाढी पहिरो पिडितलाई बेला बेला आर्थिक, तथा खाद्यन्न सहित सहयोग गर्दै आईरहेको छ ।
