अंकित कुँवर, कैलाली । मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु बनाएर आएको निासकारी भुकम्पका कारण सुदूरपश्चिमका बिभिन्न जिल्लामा क्षति भएको छ ।
सुदूरपश्चिम प्रदेशका ७ ओटा जिल्लामा भुकम्प गएकोे देखाएको छ । जहाँ जम्मा घाईतेहरुको संख्या अहिलेसम्म २७ जना रहेका र १ जना बेपत्ता भएका छन् । निजी ७५ ओटा घरहरुमा पुर्णरुपमा क्षति भएको छ भने आंशिक रुपमा ३ सय १ घरमा क्षति भएको छ । प्रदेशभरी सरकारी कार्यलयको हकमा पुर्णरुपमा १ कार्यलयमा क्षति र आंशिक रुपमा ३२ कार्यलयमा क्ष्ति पुगेको बिवरण प्राप्त भएको सुदूरपश्चिमका प्रहरी नायब महानिरिक्षक भरतबहादुर बोहराले जानकारी दिए ।
खासगरी सुदूरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, बैतडी, डोटी र अछाममा समेत क्षति पुगेको सुदूरपश्चिमका प्रहरी नायब महानिरिक्षक बोहराका अनुसार बझाङमा मात्रै १८ जना घाईते भएका छन् भने १ जना बिपत्ता भएको बताए । त्यहाँ ३४ घरमा पुर्ण रुपमा क्षति भएको छ भने आंसिक रुपमा २७५ ओटा घर तथा भवनमा क्षति भएको छ । सरकारी कार्यालयको हकमा भने १ भवन पुर्ण रुपमा क्ष्ति भएको छ भने आंशिक रुपमा ५ देखि ९ ओटा भवनमा क्षति पुगेको बताए उनले बताए ।
उनले भने—“बझाङ मात्रै पुर्णरुपमा क्षति भएका घर ३४ ओटा घरमा पुर्ण रुपमा क्षति भएको छ । हामीले सुरक्षा ब्यवस्था र राहत तथा उद्धारलाई पनि चुस्त बनाएको छौँ । अहिले यहाँका जनताहरुमा डरत्रास निकै बढेको छ”।
यस्तै, बैतडीमा पनि बिनासकारी भुकम्पका कारण २ जना घाईते भएका छन् । निजि २ ओटा घरमा क्षति भएको छ भने आंशिक रुपमा ३ ओटा घरमा क्षति पुगेको छ । सरकारी कार्यालयहरुकको हकमा भने ३ ओटा कार्यालयमा क्षति पुगेको प्रहरी नायब महानिरिक्षक भरतबहादुर बोहराले जानकारी दिए ।
सुदूरपश्चिममा साना परकम्पहरू लगातार गइरहेका छन् । लगातार जमिन हल्लिरहे पछि खासगरी बझाङका स्थानीय मानिसहरु घरबाहिर निस्किएर खुला चौरमा रात काटेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो ।
