कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बझाङको जयपृथ्वी नगरपालिका केन्द्र भएर आएको भूकम्पमा घाइते भएकाहरूको उपचार गर्ने भएको छ। बुधवार (आज) मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको खुला छलफलमा मुख्यमन्त्री शाहले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकरले ब्यहोर्ने बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन् । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेशमा बुधवार बिहानसम्म २७ जना घाइते भएका विवरण आएको हो।
प्रदेशको बझाङमा सबै भन्दा बढी क्षति भएको छ । बझाङमा मात्रै एक जना बेपत्ता भएका छन् भने १८ जना घाइते भएका छन्।यस्तै, अछाममा पाँच जना, र बैतडी तथा बाजुरामा समान २र२ जना घाइते भएका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
