दार्चुला । मिनि ट्रक दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको ब्रहमदेव जादै गरेको से १ ज १२५२ नम्बर मिनि ट्रक राताकाठा भन्ने स्थानमा दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

खाद्यान्न लिएर ब्रहमदेव तर्फ गइरहेको मिनि ट्रक गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने राताकाठा भिरबाट अन्दाजी ३÷४ सय मिटर तल महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् । अहिले दुर्घट्ना स्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रत्येक्षदर्शीका अनुसार महाकाली नदी किनारमा एक जना पुरुषको शव देखिरहेको छ । उक्त शव सोही ट्रक चालकको हुन सक्ने अनुमान गरिएको छ । यकिन जानकारी प्रहरी पुगेपछि मात्रै आउने बताइएको छ । जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा फोन नेटवर्कले काम नगर्दा थप जानकारी लिन कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय