दार्चुला । राताकाठामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। विहिबार (आज) बिहान करिब पौने ११ बजे दार्चुला सदरमुकाम खलंगाबाट दुँहु गाउँपालिकातर्फ जादै गरेको से १ ख १२५२ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो ।

दार्चुला तिकर सडक खण्ड अन्तर्गत दुँहु गाउँपालिका ३ राताकाठामा भएको दुर्घटनामा परि दुहु गाउँपालिका ३ का बर्स अन्दाजी ४०/४५ का करन सिह बोहराको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

राटाकाठा भिरबाट ट्रक करिब ३०० मिटर तल महाकाली नदी किनारामा खसेको छ । प्रहरीका अनुसार सवारि चालक फरार छन् । चालकको खोजि भइरहेको प्रहरीको भनाई छ । घटनास्थलमा जिल्ला प्रहरी  टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बोहरा सामान धनी रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय