दार्चुला । विपद् व्यवस्थापन तथा उद्दार सम्बन्धि बिहीवार नमुना अभ्यास गरिएको छ।
जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी दार्चुलाले संयुक्त रुपमा विपद पूर्व तयारी स्वरुप प्राकृतिक विपत्ति अन्तर्गत बाढी, पहिरो, आगलागी, भुकम्प बारेमा खोज तथा उद्दार पूर्व तयारी स्वरुप विपद जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गरेको हो ।
जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वमा नमूना अभ्यास गरिएको हो।
नमुना अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति एसपी डम्बरबहादुर बिष्ट, प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवबहादुर सिंह, अनुसन्धान अधिकृत भगेन्द्रबहादुर चन्द, हाइड्रो पावर सुरक्षा बेश प्रमुख गजेन्द्रबहादुर चन्द , नेपाली सेनाका जमदार सुदर्शन पाण्डे लगायतको उपस्थिति रहेको थियो।
