दार्चुला । जिल्लाको नौगाड गाउँपालिकामा खर काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

शुक्रवार दिउँसाे खर काट्ने क्रममा लडेर नाैगाड–१ दल्याडकी ३२ वर्षीया रेपती ठगुन्ना घाइते भएकी थिइन  । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

मृतक ठगुन्नाका श्रीमान्, दुई छाेरा र दुई छाेरी छन् ।

अहिले दार्चुलामा खर काट्ने चटारो छ । घाँस काट्ने क्रममा भिरबाट लडेर बर्सेनि दार्चुलाका महिलाहरूले अनाहकमा ज्यान गुमाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय