उमेश दत्त बडू, कैलाली । सुदूरपश्चिम प्रदेशका ७ ओटा जिल्लामा चाडपर्व लक्षित सहुलियत सुपथ मुल्य पसल संञ्चालनमा आएका छन् ।

सुदूरपश्चिमका २ ओटा जिल्ला डोटी र बैतडी बाहेका जिल्लामा बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका संस्थानमार्फत सुपथ मूल्य पसल आज देखि संञ्चालनमा आएका हुन् ।

उपभोक्तालाई राहत, आपूर्ति व्यवस्थापन सहज बनाउन तथा बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका संस्थानमार्फत सुपथ मूल्य पसल आज देखि मंसिर ३ गतेसम्म सञ्चालन गर्ने नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय पाटनमार्फत सुपथ मूल्यको पसल सञ्चालन हुँदै आएको भएपनि विगत दुई बर्ष यता सुपथ मूल्य पसल सञ्चालनमा आएको छैन् । सुपथ मूल्य पसलमा दैनिक उपभोग्य सामग्रीहरु सस्तो मूल्यमा उपलब्ध हुने भएपनि पसल सञ्चालन नहुँदा नागरिक महंगीको मारमा छन् ।

सुपथ मूल्य पसलबन्द भएका डोटी र बैतडीमा लगत्तै संञ्चालन गर्ने तयारी भईरहेको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख एन्जिला बस्नेतले बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय