कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्पमा परी घाईते भएकोहरुको उपचारका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिष्दको बैठकले भूकम्पबाट प्रभावित भएकाहरुको सहयोगका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले आज बिहान आयोजित पत्रकार सम्मेलनमा घाईते तथा भूकम्प प्रभावितहरुको उपचारका लागि एक करोड रुपैया र घाईतेहरुको उपचारका लागि चिकित्सक सहित २० जनाको स्वास्थ्य टोली पठाउने जानकारी दिए ।

मुख्यमन्त्री शाहका अनुसार स्वास्थ्य टोली आजै भूकम्प प्रभावित क्षेत्रमा जाने छ ।

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले शनिबार बिहानसम्म त्यस क्षेत्रमा १०९ वटा भूकम्पका धक्का गएको बताए ।

राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको थियो ।

त्यसमा राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ गरी चार पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३ म्याग्निच्युडका भूकम्प गएका थिए ।

अन्य भूकम्पका धक्का भने चार म्याग्निच्युडभन्दा सानो मापन भएको जानकारी पनि डा.अधिकारीले दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय