शान्ती प्रसाद जोशी कैलाली: मिलन युवा क्लब को आयोजना र चुरे गाउँपालिकाको प्रायोजनमा चुरे गाउँपालिकामा १७ गते देखी सुरु भएको चार दिने पर्यटन उत्सव सम्पन्न भएको हो ।

कार्यक्रम मिलन युवा क्लब को आयोजना चुरे गाउँपालिकाको मुख्य प्रायोजनमा र बसर युवा क्लब र बसर तिनतले झरना ब्याबस्थापन समिती को सहकार्यमा सम्पन्न भएको मिलन युवा क्लब सचिव पवन सुनारले बताउनु भयो । उहाँले भन्नु भयो यो कार्यक्रम आधा भन्दा बढी खर्च ब्याबस्थापन मिलन युवा क्लब ले गरेको थियो भने चुरे गाउँ पालिकाले केही आर्थिक भार उठाउन सहयोग गरेको थियो ।

कार्यक्रममा महत्त्वपूर्ण भुमिका मा रहेका बसर तिन तले झरना ब्याबस्थापन समितिले आर्थिक साथै भौतिक र चुरे सामुदायिक बन उपभोक्ता माहासङले पनि बिसेस सहयोग गरेको सचिव सुनारले बताए । प्रत्येक वडामा रहेका पर्यटकिय ठाउ हरुको स्थलगत अवलोकन तथा भ्रमण गरेको र प्रत्येक ठाउँ को अबस्था र भोलि को संभावनाको बारेमा समेत छ्लफल गरेको सुनारले बताए ।
प्रत्येक वडाको कार्यक्रम मा तेसै वडा का वडा अध्यक्ष को प्रमुख अतिथ्य मा कार्यक्रम गरि भाबी योजना तथा त्यस क्षेत्र को बिकास को लागी गर्नु पर्ने पहल कदमी हरु को विषय मा छ्लफल भएको र कार्यक्रम मा प्रत्येक ठाउँ का स्थानीय हरुको राय सुझाव हरु पनि समेटेको र कार्यक्रम भब्यताका साथ सम्पन्न भएको सचिव सुनारले बताउनु भयो ।
