साँफेबगर : अछाममा अरिङगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।

चौरपाटी गाउँपालिका–४ पायल खेतालीगाउँ अछामकी २९ वर्षीया सरस्वती देउकरको अरिङगालको टोकाइबाट मृत्यु भएको हो।

घर नजिकै घाँस काट्ने क्रममा अरिङगालको गोलाले टोकेपछि उनी चिच्याएकी थिइन्। उनी चिच्याएको थाहा पाएपछि घर परिवार र छिमेकीहरूले बयालपाटा अस्पताल पुर्‍याए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मृतक देउकरका १० महिने दुधे बालक सहित ३ वटा नाबालक बच्चाहरू रहेका छन्। देउकरका श्रीमान् मलेसियामा छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय