दार्चुला । जिल्ला सदरमुकाम  खलङ्गामा रहेकाे भारतीय सीमा पुल खुल्ने समय एक घण्टा छोट्याइएको छ ।

भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका वडा–४ खलङ्गामा रहेकाे झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार आजदेखि बिहान ६ बजे खुलेर बेलुका ६ बजे बन्द हुने  जनाएको छ ।

यसअघि बिहान ६ बजे खुलेर बेलुकी ७ बजे बन्द हुँदै आएको सीमा पुल अब एक घण्टा छिटो बन्द हुने  प्रजीअ जोशीले बताए ।

दिनहरु छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोट्याइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय