काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार सकिएको हो। बिहीबार प्रतिवादीतर्फका कानुन व्यवसायीले जवाफी बहस सकेका छन्।

बहस सकिए पनि मुद्दा हेर्दाहेर्दैमा राखिएकोले आदेश भोलि शुक्रबार मात्र आउने अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए।

उनीहरूले आफ्ना पक्षलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामा नराख्न माग गर्दै काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश खारेजीको माग गरेका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा २० जनाविरुद्ध मुद्दा चलिरहेको छ। जसमध्ये १७ जना थुनामा छन् भने ३ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेको थियो।

धरौटीमा छाडिएकामध्ये दुई जनाविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन निवेदन दिएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

उनीहरुविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर, लिखत सम्बन्धी किर्ते र एकीकृत कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय