दार्चुला । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ( नेफ्स्कून ) काे यही पाैष ७ र ८ गते हुने निर्वाचन सहितकाे ३२ औं वार्षिक साधारण सभामा संचालक समितिकाे सदस्य पदमा दार्चुलाका धनराज जाेशीले उम्मेदवारी दिने भएका छन ।
विगत २२ वर्ष देखि मुख्य गरि दार्चुला जिल्लाकाे सहकारी अभियानमा सक्रिय रहेका जाेशीले निर्वाचनमा आफ्नो सदस्यपदको उम्मेदवारी सामाजिक संजाल मार्फत घोषणा गरेका छन ।
उम्मेदवार जोशीले आगामि दिनमा समेत सहकारी अभियानमा आफु निरन्तर लागि रहने बताएका छन ।
जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाका अध्यक्ष समेत रहेका जाेशी सहकारी अभियानकै क्रममा नेपालका करिव २५ जिल्ला तथा भारतमा समेत अध्ययन अवलाेकन गरिसकेका छन ।
केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुलाका पूर्व प्रबन्ध संचालक रहेका जाेशीले संस्थालाई अब्बल रूपमा संचालन गर्दै आएका छन ।
यस पटक आफ्नो उम्मेदवारी नेफ्स्कुनकाे संचालक भई सुदुरपश्चिमका साथै देश भरि कै अनुभव प्राप्त गरि दुर्गम क्षेत्रमा समेत सहकारी अभियानलाई व्यापक बनाउने रहेको जनाएका छन ।
