दार्चुला । मिनीसिंह डडालको क्रोसियामा मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ जात्रा घर भएका ४७ बर्षीय डडालको वैदेशिक रोजगारीमा मृत्यु भएको हो ।
सन् २०२२ मा क्रोसिया जानुभएका डडालको बिल्डिङ कन्स्ट्रक्सनको काम गर्ने बेला लडेर ज्यान गएको पारीवारिक स्रोतले जनाएको छ । गत मंसिर २३ गते भवनमा काम गर्ने बेला लडेर घाइते भएका डडालको उपचारको क्रममा पुस ४ गते मृत्यु भएको हो ।
मृतक डडालको परिवारमा दुई छोरा, एक छोरी र श्रीमती रहेका छन् । भएको जमिन समेत बिक्री गरेर श्रीमतीको उपचार गरि धन कमाउन विदेश गएका डडाल उतै अस्ताएपछि परिवार बिचल्लीमा परेको छ । डडालको मृत्युको खबरले परिवार शोकमा डुबेको स्थानीय आनन्द डडालले बताए ।
