अछाम: बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

 

शाह सोही गाउँपालिका वडा नम्बर १ निवासी हुन् । गाउँपालिकाले बिहीवार शोक मनाउने र सार्वजनिक विदा दिनेसमेत निर्णय गरेको छ । बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए ।

 

उनका अनुसार बिहीवार गाउँपालिकाभित्रका शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय