दार्चुला । पछिल्लो समय दार्चुलामा आत्महत्या र भीरबाट लडेर धेरै मानिसको अकालमै ज्यान जाने गरेको तथ्यांकले देखाएको  छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पछिल्लो तीन वर्षको अवधीमा ३४ जनाको भीरबाट लडेर मृत्यु भएको छ ।

 

आर्थिक वर्ष २०७८/०७९ मा १० जना, २०७९/०८० मा १५ जना र चालू आर्थिक वर्षको हालसम्म ९ जनाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म ५९ जनाले दार्चुलामा आत्महत्या गरेका छन् । आत्महत्यामा पनि झुण्डिएर आत्महत्या गर्ने दर अधिक रहेको छ ।

दार्चुलाको त्रि–वर्षीय घटना विवरण हेर्दा जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ मा २३ वटा आत्महत्याका घटना दर्ता भएका छन् भने आर्थिक वर्ष २०७९/०८० मा त्यो संख्या बढेर २७ पुगेको छ ।

यस्तै चालू आर्थिक वर्षको हालसम्म ९ वटा आत्महत्याका घटना दर्ता भएका छन् । त्रि–वर्षीय घटना विवरण अनुसार झुण्डिएर ५३ जना, विष सेवन गरेर ५ जना र आगो लगाएर १ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय