सर्लाही : सर्लाहीको लालबन्दीमा कक्षा १२ मा पढ्दै गरेकी १६ वर्षीया एक किशोरीको शव फेला परेको छ। लालबन्दी- १६ परवानीपुर निवासी ज्ञानबहादुर थापाकी १६ वर्षीया छोरी अन्जली शुक्रबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्। उनले आत्महत्या गरेको आशंका गरिएको छ।

‘उनी आफ्नै कोठामा सलको पासोमा झुन्डिएको फेला परेकी थिइन्। आहिले शव इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको प्रहरी निरीक्षक (इन्सपेक्टर) हरिवोल केसीले बताए। पासोमा झुण्डिएको अवस्थामा देखेपछि उनकी आमाले पसो खोलिदिएको र घटना बारे थप अनुसन्धान भइरहेको (इन्सपेक्टर) केसीले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय