दार्चुला । जिल्लाको महाकाली नगरपालिका ४ रिङ्गतालस्थित महाकाली नदिको किनारमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही नगरपालिका १ छापरी बस्ने अन्दाजी ४२ वर्षिय मदन कुँवरले मादक पदार्थ सेवन गरी छापरीबाट खलंगातर्फ जाने क्रममा महाकाली नदिको किनारामा निर्माण भएको बाँधबाट खसेका थिए ।
कुंवर नदिकिनारमा खसे लगत्तै नं. ४४ गण दार्चुलाबाट झोलुङ्गेपुल सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको हो । उद्धार पश्चात उनलाई दार्चुलाको झोलुङ्गेपुलस्थित हेल्थडेस्कमा प्राथमिक उपचार गरी थप उपचारको लागि जिल्ला अस्पताल दार्चुलातर्फ पठाईएको हो । उनको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय