दार्चुला । जिल्ला अदालत दार्चुलामा नयाँ न्यायाधीशको रुपमा धुब्रकुमार ढकाल हाजिर भएका छन । नयाँ आएका ढकाल बुधबार जिल्ला पुगेर बिहीवार देखि हाजिर भएका हुन ।
गत पौष २४ गते बसेको न्यायपरिषदको बैठकले न्यायाधीश ढकालको दार्चुला सरुवा गरेको हो ।
जिल्ला अदालत दार्चुलाका पुर्व न्यायाधीश खेमराज भट्टको काठमाण्डौ जिल्ला अदालतमा सरुवा भएपछि उनको ठाउँमा जिल्ला अदालत महोत्तरीबाट धुब्र कुमार ढकाल दार्चुला आएका हुन ।
