दार्चुला । मार्मा गाउँपालिकामा आज सार्वजनिक विदा दिइएको छ । दलित कोटाबाट मानोनित कार्यपालिका सदस्य दिलाराम टमटाको ६० वर्षको उमेरमा निधन भएपछि मंगलबार (आज) पालिकाभरीका सरकारी कार्यालयहरुमा सार्वजनिक विदा दिइएको मार्मा गाउँपालिकाले जनाएको छ ।

विगत २ वर्षदेखि क्यान्सर रोगबाट पिडित टमटाको निधन भएपछि सोमबार पालिकाको तर्फबाट एक सुचना सार्वजनिक गदैँ गाउँपालिकाले पालिकाभरीका सरकारी कार्यालयहरुमा विदा दिइएको जनाएको छ । उनको स्थायी बसोबास मार्मा गाउँपालिका वडा ५ गन्याडी रहेको पारिवारीक स्रोतले जनाएको छ ।
