✍️ भास्कर बुढाथोकी व्यास 2 दुम्लिङ राप्ला

वारीपारि दुई देश बिचमा काली नदि बार भो
दुम्लिङ्ग बासिको साहार तुइन तर्ने तार भो ।

तुइन तरि नुन किन्न जानुपर्ने हामी नेपाली
चुनाव बाचा हुन्थ्यो , पुल हुन्छ यसपालि

न सन्चार , न खाधान्न न स्वास्थ न त राम्रो बाटो
झुठो आश्वासन पाउनु पर्ने भोट दिएको साटाे

घोरेटाे बाटाे बन्छ भनी लाखौ करोड स्वाङ पान्यौ
पुल बनाइदेउन माननिय भन्दा नसुनेको स्वाङ पान्यौ

बिरामी हुदा नुन लिन काली नदि तर्नेपर्ने
हामी दुम्लिङ्ग बासिहरु भोक भोक मर्नेपर्ने

प्रदेश अनि केन्द्र्बाट कमिसनमा बजेट आउछ्न
मैले ल्याएको बजेट भनी अध्यक्ष हुन भ्याउछ्न

शहर बजार बस्नेहरु कृषिमा अनुदान पाउँछन्
एक मुठी विसादी पाउन्न जस्ले बाली लाउछ्न

काली तर्दा कयौ साथिले अकालमै ज्यान गुमायौ
जोखिम मोलि सिमा पार जादा अनायासै गाली खायौ

दुम्लिङ्ग बासिजनको पिडा कसले सुनिदिने
८४ सालमा अब सवले कुरा बुझिदिने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय