दार्चुला । भारतकाे पिथाैरागढ जिल्लाकाे मुन्स्यारी  भन्ने ठाउँमा पुलकाे जग खन्ने क्रममा दार्चुलाका एक मजदुरकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दुहु गाउँपालिका वडा नम्बर २  हिकिला बस्ने अन्दाजी ४० वर्षीया दानसिंह धामीकाे खाल्डाेमा पुरिएर घटना स्थलमै मृत्युु भएको हाे ।

शुक्रबार बेलुका पुलकाे जग खन्नेबेला माथिबाट खसेको माटाेकाे ढिस्काेमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए ।

भारतमा भएकोले घाईते कति भन्ने केही जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय