दार्चुला । जिल्लाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डका १७ वर्षीय कमलेश टमटा झुन्डिएको अवस्थामा मृत फेला हुन ।
सनिवार बिहान टमटा आफनै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी निरीक्षक गोविन्द भण्डारीको कमाण्डमा प्रहरी टोलि घटनास्थल गइ शवको मुचुल्का तयार गरी अहिले शवलाई जिल्ला अस्पताल ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
टमटा आफनै घरको धुरीमा पलाष्टिकको डोरीमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत भेटिएका टमटा बेला बेला रोजगारीका लागि भारत जाने गरेको र केही समय पहिले मात्रै भारतबाट घर आएको पारिवारिक स्रोतले जनाएको छ ।
