दार्चुला । भारतको बैंगलोरमा एक युवाको मृत्यु भएको  छ । मृत्यु हुनेमा दार्चुला जिल्ला दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिला लस्याका जय बहादुर बम रहेका छन ।

बम बिगत ६ बर्षदेखि बैंगलोरको आर बि फाबस आइरन कम्पनीमा काम गर्दै आइरहेका  थिए ।

 बमलाई बुधबार बेलुकी साढे ४ बजेतिर काम गर्ने क्रममा करेन्ट लागेको थियोे । करेन्ट लागेपछि तुरुन्तै अस्पताल लगिएको तर अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको बैंगलोरबाट मृतकका आफन्त गणेशबहादुर बमले जानकारी दिए ।

मृतक बम परिवारको एक्लो छोरा हुन । ३ छोरी र १ मात्र छोरा भएको परिवारमा बुढेसकालका आमाबुबालाई भने सहिनसक्नु पीडा भएको छ ।

२५ बर्षिय बमको बैशाखमा बिहे गर्ने तयारी थियोे तर मृत्युको खबर संगै सबैकुरा अस्ताएको परिवारले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय