दार्चुला । तिंकर सडकखण्डमा काम गर्ने मजदुरको मृत्यु भएको छ । मृत्यु  हुनेमा नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी मल्लामट्टे घर भएका ४८ वर्षीय ललित सिंह ठगुन्नाको रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बुधबार बेलुका तिंकर सडकखण्डमा पर्ने व्याँस गाउँपालिका वडा नम्बर २ माल छुङसिंह धारमा माथिबाट पहिरो खस्दा लडेका ठगुन्नाको मृत्यु भएको बताइएको छ । राति सञ्चार सम्पर्क हुन सकेको थिएन् । बिहिवार सव पोष्टमाटमका लागि खलंगा ल्याउने काम भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय