दार्चुला । महेन्द्र नमुना माध्यामिक बिधालय दार्चुला मा कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुको बिदाइ गरिएको छ ।
बुधबार एक कार्यक्रमका बिच बिधालय परिवारले बिधार्थिहरुको बिदाइ गरेको कक्षा १० मा अध्ययनरत बिद्यार्थी अमित जोशी जानकारी दिए । see परिक्षामा सहभागी २७० जना छात्र/ छात्रालाई बिद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बिदाइ गरेका हुन ।
कार्यक्रम कक्षा ९ मा अध्यनरत विधार्थीहरुको आयोजना र विद्यालय परिवारको सहजीकरणमा बिदाइ कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा शुभकामना मन्तव्य, सास्कृतिक कार्यक्रम समेत राखिएको थियो ।
