दार्चुला । जिल्लाको लेकम गाउँपालिकामा जिप दुर्घटना भएको छ । गाउँपालिकाको वडा नम्बर ५ चौपाता दमसैनामा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ऐरीछाना रिठाचौपाता धनथला सडकखण्ड अन्तरगत दमशैना भन्ने ठाउँमा लेकम ५ पीड अम्कुरका लबबहादुर बोहराको सुपप्र ०१००१ ज १४८९ नम्बरको जीप दुर्घटना भएको हो ।

बिहिवार दिउँसो १२ बजेको समयमा जीप दुर्घटना हुँदा धनबहादुर बोहरा सामान्य घाइते भएको बताइएको छ । सडकबाट करिब ९० मिटर तल खसेको जीप भने क्षतिग्रस्त भएको छ । जीपले बिरे गिरीको भान्सामा समेत क्षति पुर्याएको छ ।

अहिले घटनास्थलमा स्थानीयसंगै प्रहरी पुगेको छ । दुर्घटनामा घाइते बोहरालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय