दार्चुला । जिल्लाको ब्याँस गाउँपालिका १ छाङरुमा ५३ किलोवाट पावर क्षमताको सौर्य मिनिग्रीड निर्माणहुने भएको छ ।
ब्याँस गाँउपालिकाको उत्तरी क्षेत्रमा अवस्थित सामरिक महत्त्व बोकेको अति दुर्गम गाउँ वडा नं १ छाङ्गरुकोमा वैकल्पिक उर्जा प्रर्वद्वन केन्द्र र ब्याँस गाउँपालिकाको लागत साझेदारीमा ५३ किलो वाट पावरको सौर्य मिनिग्रिड आयोजना निर्माण हुने भएको छ ।

सौर्य मिनिग्रिड आयोजना निर्माणका लागि वैकल्पिक उर्जा प्रर्वद्वन केन्द्र मध्यबानेश्वर काठमाडौंले बिहिवार टेण्डर आह्वान गरेको हो ।
जम्मा लागतको ९० % रकम रु. ४,२९,३२,६९१.०४ वैकल्पिक उर्जा प्रबन्धन केन्द्रको र १०% लागत रकम रु.४७,७०,२९९ गाउँपालिकाले व्यहोर्ने छ ।
राष्ट्रिय विद्युत प्रसारण लाईनको पहुँच नपुगेको छाङरुमा सौर्य मिनिग्रीड निर्माण पछी गाउँमा विद्युतको समस्या समाधान हुने ब्याँस १ का वडा अध्यक्ष अशोक सिह बोहराले बताए ।
सौर्य मिनिग्रीड निर्माण पछी छाङरुका स्थानीय,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई समेत फाईदा पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय