दार्चुला । जिल्लाको नौगाड गाउँपालिका वडा ४ धौलाढुंगा स्थित सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गोकुलेश्वर नौगाड भित्री सडकखण्डको सिप्टी तर्फ जादै गरेको सुपप्र ०१००२ त ६०४८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
बुधबार बेलुकी ५ बजेतिर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
भित्रीसडक खण्डमा ट्याक्टरको ब्रेक नलागेपछि ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब ६ सय मिटर तल खसेको छ ।
ट्याक्टरमा सवार ट्याक्टर चालक बैतडी जिल्ला डिलासैनी गाउँपालिका वडा २ गान्ना बस्ने वर्ष २० का नरेन्द्र राना र सह चालक डिलासैनी गाउँपालिका वडा नम्बर ३ सिमार बस्ने वर्ष ३० का पुष्कर राना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
