दार्चुला । नेपाल विद्यार्थी संघ दार्चुला काठमाडौं समितिले मृगौला पीडित अर्जुन सिह धामीलाइ आर्थिक सहयोग गरेको छ । होली पर्वबाट संकलीत ५ हजार रुपैयाँ र काठमाडौमा अध्ययनरत बिद्यार्थीहरुबाट संकलित १५ हजार ५ सय ३२ रुपैया आर्थिक सहयोग गरेको नेविसंघ दार्चुला काठमाडौ सम्पर्क समिती सहसचिप अविरल महताले जानकारी दिए ।
लामो समयदेखि दुबै मृगौलाबाट पीडित जिल्लाको नौगाड गाउँपालिकाका धामीलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोग गरेको नेबि संघले जनाएको छ ।
