धनगढी – विश्व हिन्दू परिषद नेपाल, सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित दोस्रो बृहत् रक्तदान कार्यक्रममा ७० जनाले जीवनदायिनी रगत दान गरेका छन्।

रक्तदान गर्नेहरूमा ६२ जना पुरुष तथा ८ जना महिला रहेका छन्। पर्कमोडमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा सेती प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा. दुर्गा पण्डित स्वयंले पनि रक्तदान गर्दै सहभागी बनेका थिए।

कार्यक्रममा थर्ड आई करियर सेन्टर, मालिकार्जुन कम्प्युटर एण्ड आईटी, एकल विद्यालय अभियान, जनकल्याण प्रतिष्ठान, प्राज्ञिक विद्यार्थी परिषद लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वयंसेवक तथा विश्व हिन्दू परिषदका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष महेन्द्र राज पन्तले जानकारी दिनुभयो ।

दार्चुला, डोटी, कैलाली, कञ्चनपुर, बझाङ लगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका रक्तदाताहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो।

गत वर्ष भदौ २९ गते यही स्थानमा पहिलो बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको परिषद्ले निरन्तरता स्वरूप यस वर्ष दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको हो। कार्यक्रमका आयोजकहरूले रक्तदानलाई ‘जीवन बचाउने पुनीत कार्य’ भन्दै यस्ता अभियानहरू भविष्यमा अझ सशक्त रूपमा सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय