कञ्चनपुरः कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो। आँपमा पुस महिनामै फुल फुल्यो। आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोगकिराको समस्या अत्यधिक देखियो। यी सबै कार्य जलावायुमा परिवर्तनका कारण भएका जनाइएको छ।

जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव पुनाराम चौधरी प्राकृतिक सम्पदाको अत्यधिक दोहन, वन विनास, खेती प्रणालीमा गरिएको परिवर्तन, दु्रत सहरीकरणसँगै प्रदूषणको कारणले जलवायु परिवर्नन आएको बताउछन्। “जलवायु परिवर्तनले बाली चक्रको पात्रोमै परिवर्तन गरिदिँदा हुस्सु मङ्सिर महिनाको अन्तिम र माघ महिनामा लाग्दथ्यो”, उनले भने, “कात्तिक महिनामै हुस्सु लाग्न थालेको छ, आँपमा फागुन, चैत महिनामा फूल लाग्ने गरेकोमा पुस महिनामै फूल लाग्न थालेको छ।”

ढिलो गरी अत्यधिक वर्षा हुनु, हिउँदमा समयअघि नै चिसो बढनु, वन जङ्गल क्षेत्रमा मिचाहा प्रजातिका विरुवा प्रशस्त रुपमा देखिनु, पशुमा नयाँ रोग देखा पर्नु जलवायु परिवर्तनको असर भएको उनले भने, “ वर्षा र सुख्खा यामको दुरी बढदै गयरहेको छ”, उनले भने, “जसले गर्दा विगतको तुनलामँ तापक्रम बढ्दो छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय