दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका–१ मा रहेको नेपाल–चीन सीमा नाका टिंकर पाँचौँ पटक खुलेसँगै ७ जना नेपाली व्यापारी व्यापारका लागि चीनको ताङ्लाकोटतर्फ प्रस्थान गरेका छन्।
आफ्नो सरसामानसहित ७ जना नेपाली व्यापारी चीनतर्फ गएका हुन्। यसअघि व्यापारका लागि ताङ्लाकोट पुगेका १५ जना नेपाली व्यापारी भने व्यापार सकेर नेपाल फर्किएका छन्।
यसअघि चिनियाँ पक्षले साउन ५ गते चौथोपटक टिंकर नाका खुला गरेको थियो। चीनले निश्चित समयका लागि मात्रै नाका खोल्ने भएकाले तोकिएको समयसीमाभित्र नेपाली व्यापारीले चीन प्रवेश गरिसक्नुपर्ने व्यवस्था रहेको छ।
टिंकर नाका खुलेसँगै ब्याँस क्षेत्रका स्थानीय व्यापारी चीनको ताङ्लाकोटमा व्यापारिक कारोबार गर्न सहज भएको छ। वर्षौंदेखि नेपाल–चीन सीमावर्ती क्षेत्रमा हुँदै आएको परम्परागत व्यापारका लागि टिंकर नाका महत्वपूर्ण मानिन्छ।
नाका निश्चित समयका लागि मात्रै खुल्ने भएकाले व्यापारीहरूले चीन प्रवेश तथा नेपाल फर्किने समयतालिकालाई विशेष ध्यान दिनुपर्ने हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय