नरेश प्रसाद जोशी/ दार्चुला। दार्चुलाको मालिकार्जुन गाउँपालिका–६, सलेतीमा कात्तिक २६ गतेदेखि खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगितामा विजेता टिमले नगद ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

मालिकार्जुन युवा क्लबको आयोजनामा तथा श्री हुनैनाथ स्वामी सलेतीको प्रायोजनमा प्रतियोगिता आयोजना हुन लागेको हो।

आयोजकका अनुसार प्रतियोगिता कात्तिक २६ गते बिहान १० बजेदेखि सलेतीस्थित कोलु बगड खेलमैदानमा सुरु हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कात्तिक २५ गते साँझ ५ बजेसम्म ४ हजार ९९९ रुपैयाँ दर्ता शुल्कसहित टिम दर्ता गरिसक्नुपर्नेछ।

प्रतियोगिताको उपविजेता टिमले नगद २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, अनुशासित खेलाडी र अनुशासित टिमलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। व्यक्तिगत विधाका विजेताले जनही एक हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिता लिग चरणका आधारमा सञ्चालन गरिनेछ। खेलकुदको विकास, स्थानीय प्रतिभाको पहिचान तथा युवाबीच आपसी एकता, भाइचारा र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन तथा थप जानकारीका लागि

प्रकाश सिंह धामी — ९८६८७३६६७०

शेखर सिंह धामी — ९८४०७९२०५७

सम्पर्क व्यक्ति

संदिप सिंह धामी — ९८४८९७५३८७

भारतीय नम्बर — ८०७६०७३८०१

ओमकार पाल — ९८६५६११८४६

अकबर सिंह धामी — ९८६८५१२९९९

आयोजक: मालिकार्जुन युवा क्लब

प्रायोजक: श्री हुनैनाथ स्वामी सलेती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय