दार्चुला । दुहुँ गाउँपालिकाको थल सिलङचौरा बहुउदेश्यिय झोलुङगे पुल निर्माणमा ठेकेदार कम्पनिले श्रमिकहरुको ज्याँला नदिएको भन्दै पुल बन्द गरेका छन । पुल सम्पन्न भएको ६ महिना बढी वितिसक्दा पनि श्रमिकहरुको ज्याँला नपाएको भन्दै बिहीवार ४ घण्टा बिहान पुलबन्द गरेको हो । दुहुँ गाउँपालिका वडा नम्वर १ खर्रा २ हिकिला ९मन्तड० र ५ पासु क्षेत्रका श्रमिकहरुले पुल निर्माणको अवधिमा काम गरेको र हाल सम्म ज्याला नपाएको भन्दै पुल वन्द गरेकोे श्रमिक नरेन्द्र कार्कीले सिद्धटोपी अन्लाईन खवरलाई जानकारी दिए ।
यो बिषयमा श्रमिकहरुले दुहुँ गाउँपालिकाको न्यायिक समितिमा समेत निर्माण ब्यवसायी सँग असुल उपर गराई दिन भनी निवेदन समेत गरेको गाउँपालिका उपाध्यक्ष एवम न्यायिक समिति संयोजक ईश्वरी जोशीले जानकारी दिए । न्यायिक समितिले निर्माण ब्यवसायी सम्पर्कमा आए मात्रै पत्र मार्फत कार्यालयमा बोलाउने र छलफल गरी निवेदन माथि सुनवाई हुने भएको भए पनि गाउँपालिकाले वारम्वार फोन सम्पर्क गर्दा समेत फोन नउठाएको जोशीले जानकारी दिए ।
यस बिषयमा निर्माण ब्यवसायीलाई गाउँपालिकाले पटक पटक पत्राचार गर्दा समेत पत्रको बेवास्ता गरेको गाउँपालिकाले जनाएको छ ।
हाम्रो टिमले पनि यो बिषयमा निर्माण ब्यवसायी बसन्त बुढाथोकी सँग फोन सम्पर्क गरी बुझ्न खोज्दा हिजो देखी फोन नै उठाउनु भएको छैन ।
