बैतडी । बैतडीको सुर्नया गाउपालिका वडा न.४ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको भन्दै वडा कार्यालयमा स्थानियहरुले तालाबन्दी गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा आफ्नो मान्छेलाई मात्र छनोट गरेको भन्दै स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । आफ्नो मान्छेलाई मात्र फरम भर्न लगाउन दिने अनि आफन्तलाई प्राथमिकता दिने, छनोट गर्ने गरेको भन्दै बाध्य भई तालाबन्दी गर्नुपरेको स्थानीय हरिस चन्द्र भाटले सिद्धटोपी खबरलाई बताउनुभयो । आफन्तलाई जबसम्म हटाइदैन र आफ्नो माग पुरा नभए सम्म तालाबन्दी नखुल्ने बताईएको छ ।
सुर्नेयामा मात्र नभएर अन्य स्थानिय तहहरुमा समेत यस्तो भ्रष्टाचार भएको पाईएको छ ।

