दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले नेपाल–भारत जोड्ने सिमा झोलुंगे पुलहरुको अनुगमन गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले ब्याँस गाउँपालिकाको बडूगाउँ, मलघट्टे र तिगरम झोलुंगे पुलको स्थलगत अनुगमन निरिक्षण गर्नु भएको हो । बडूगाउँ र मलघट्टे झोलुंगे पुल निर्माण पछि पनि संचालनमा आउन सकेको छैन् । प्राविधिक समस्याका कारण उक्त झोलुंगे पुलहरु संचालनमा नआएको बताइएको छ । मलघट्टे पुल र गस्कु झोलुंगे पुल एउटै प्याकेजमा निर्माण गरिदा निर्माण सम्पन्न मलघट्टे पुल समेत संचालनमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । दुइटै पुल निर्माण सम्पन्न भएपछि मात्रै संचालनमा आउने उहाले बताउनुभयो ।
‘निर्माण कम्पनीले निर्माणको काम सम्पन्न गरी स्थानिय तहलाई हस्तान्त्रण गरेपछि हामीले सुरक्षा दिन्छौ अनि मात्रै संचालनमा आउछ, उहाले भन्नुभयो ।’ यस्तै निर्माण सम्पन्न बडूगाउँ झोलुंगे पुल संचालनमा पनि उस्तै प्राविधिक समस्या छ । मालिकार्जुन गाउँपालिकाको बाकुमा निर्माण भइरहेको झोलुंगे पुलको निर्माण कार्य सम्पन्न नहुँदा उक्त पुल पनि संचालनमा ल्याउन नसकिएको बताइएको छ । बडुगाउँ र बाकुको झोलुंगे पुल पनि एउटै प्याकेजमा निर्माण भइरहेका हुन् । अनुगमनमा प्रमुख जिल्ला अधिकारी संगै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्ट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्ट लगायत रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय