अंकित कुँवर बैतडी । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया तथा समन्वय बैठक जिल्ला प्रशासन कार्यालय बैतडीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेको अध्यक्षतामा सरोकारवालाहरु बिच अन्तरक्रिया गरिएको हो ।
बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता स्थानिय तहहरुमा गएर अभियानको रुपमा सुरु हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले बताएका छन् । बैतडीको गडीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सम्बन्धी अन्तरक्रिया तथा समन्वय कार्यक्रममा सो कुरा बताएका हुन ।

महानिर्देशक भट्टराईले “बैतडी जिल्लामा सुरु हुने अभियानमा सक्रियता पूर्वक आआफ्नो पालिकामा गएर फोटो खिचाउन र विवरण दिन अनुरोध गरे ।” जसलाई ई पासपोर्ट आवश्यक छ त्यसलाई जिल्ला प्रशासनमा र जसलाई ईपासपोर्ट आवश्यक छैन् त्यसले पालिका वडामा आउने आभियानमा सहभागि हुने उनले बताए ।
जिल्लाका बिभिन्न स्थानिय तहका जनप्रतिनिधिहरुले जिल्लामा शुरु हुने राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियानलाई सफल पार्न सबै लाग्नु पर्ने बताए । राष्ट्रिय परिचयपत्र नागरिकता सरह भएको हुँदा परिचयपत्र विवरण दर्ताकालागि आउने कर्मचारीहरुलाई नगरपालिका, गाउँपालिका र वडाहरुबाट पुर्ण रुपमा सहयोग हुने बताए ।
यस्तै घटना दर्ताको बिषयमा दशरथचंन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापा, मेलौली नगरपालिकाका उप्रमुख राधा ओझा, शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँद लगायतले जिग्यासा राखेका थिए ।
कार्यक्रममा जनप्रतिनिधिहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, प्रहरी निरिक्षक र संचारकर्मीहरु लगाएतको उपस्थिती रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीको सहजी करणमा सम्पन्न भएको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग सिंहदरबार काठमाडौंको आयोजना र जिल्ला प्रशासन कार्यालय बैतडीको सह आयोजना रहेको थियो । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान शुरु भैसकेका र सो को शुरुवात डिलाशैनी गाउँपालिकाबाट शुरु हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेले बताए ।
