दार्चुला । सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाको २९ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाका टिमलिडर अशोकराज ओझाले गत आर्थिक वर्षको हालसम्म भएका काम तथा प्रगति समीक्षाको बारेमा जानकारी गराउनु भएको थियो ।
सिआरडिएसले जिल्लामा स्वास्थ्य क्षेत्र, पोषण, खानेपानी, शिक्षा, सरसफाइ ्, कृषि तथा वन सुरक्षा, प्राकृतिक स्रोत तथा पर्यावरण, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा रहेर काम गरिरहेको संस्थाले जनाएको छ ।
जिल्लाका दूर्गम भेगमा बसोबास गर्ने समुदाय खासगरी गरीब, विपन्न महिला बालबालिका, पछाडि परेका वर्ग, कृषकहरुको सामाजिक रुपान्तरण र दिगो जिविकोपार्जनका माध्यमबाट आर्थिक समृद्धि ल्याउन संस्थाले भूमिका खेलेको उल्लेख गरे । महिलाको सक्रिय सहभागितामा दिगो विकास तथा जिविकोपार्जनका लागि पहल पनि गर्ने गरेको टिमलिडर ओझाले बताए । आर्थिक वर्ष २०७७÷०७८मा कार्यालयले १६ वटा कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
यसका लागि कार्यालयले ५ करोड २३ लाख ३४ हजार २३५ रुपैँया बजेट खर्च गरेको छ । सुआहारा कार्यक्रम सात वटा गाउँपालिका तथा २ नगरपालिका गरी ९ वटै स्थानीय तहमा संञ्चालनमा रहेको छ । यस्तै एकीकृत सामुदायिक विकास परियोजना शिक्षा आय आर्जन पैरवी कार्यक्रम पनि जिल्लामा संञ्चालनमा छ । यो कार्यक्रम जिल्लाको दुहुँ गाउँपालिका मालिकार्जुन गाउँपालिका तथा महाकाली नगरपालिका गरी ३ वटा स्थानीय तहमा संञ्चालनमा रहेको पाइएको छ ।
यसैगरी ९ वटै स्थानीय तहमा प्रारम्भिक तह पढाई कार्यक्रम, पढाई सिप विकास तथा दिवा खाजा व्यवस्थापन अन्तरर्गत रहेर कार्यक्रम संञ्चालनमा रहेको छ । कार्यालयले टोसा परियोजना महाकाली नदी तटियक्षेत्रमा संंञ्चालनमा राखेको पनि जनाएको छ । यो कार्यक्रम जिल्लाको व्यास दुहुँ महाकाली मालिकार्जुन तथा लेकमका महाकाली नदी तटिय क्षेत्रमा रहेको जनाएको छ ।
ग्रामीण जलस्रोत परियोजना खानेपानी सरसफाई तथा जिवीकोपार्जन कार्यक्रम दुहुँ नौगाड मार्मा लेकम र मालिकार्जुन गाउँपालिकामा संञ्चालनमा रहेको टिमलिडर ओझाको भनाई छ । यस्तै सोलार लिप्टिङ खानेपानी सर्वे व्यासँ गाउँपालिकामा तथा डाटा डिजिटललाईजेसन कार्यक्रम पन्जिकरण कार्यक्रम व्यासँ र लेकममा गरी ९ वटा कार्यक्रम संञ्चालनमा रहेको सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाले जनाएको छ ।
यस्तै उहाँले जिल्लाको मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरूप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी विभिन्न कामहरु भइरहेको जानकारी दिए । ग्रामीण विकास समाज नेपाल दार्चुलाका अध्यक्ष हरीप्रसाद अवस्थीको अध्यक्षतामा भएको वार्षिक सधारणसभामा सुदूरपश्चिम प्रदेशसभा सार्वजनिक लेखा समिति सभापति नन्दा बमको प्रमुख आतिथ्यता रहेको थियो ।
टोस कार्यक्रम संयोजक मान सिह कार्कीले संचालन गर्नु भएको कार्यक्रमा सिआरडिएसले आफनो २९ औ वार्षिक साधारण सभामा कार्यालयमा उत्कृष्ट काम गर्ने कर्मचारीहरु देखि लिएर जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संघसस्थाहरुलाई सम्मान गरेको छ ।

