कैलाली । धनगढीमा भइरहेको ’मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत आज बुधवार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा आर्मीले प्रदेश नं १ लाई ३–० को सोझो सेटले हरायो । आर्मीले प्रदेश १ लाई २५–१७, २५–२१ र २५–९ को सेटले हराउँदा आर्मीका दुर्गा खड्का ’म्यान अफ द म्याच’ भए ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो । पुलिसले कर्णालीलाई २५–८, २५–९ र २५–१५ को सेटले हराउँदा पुलिसका हिम राना ’म्यान अफ द म्याच’ भए ।

यस्तै आजै बिहान भएको अर्को खेलमा घरेलु टोली सुदूरपश्चिम वाग्मती प्रदेशलाई हराउँदै समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको छ ।

सुदूरपश्चिमले वाग्मतीलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो र दोस्रो सेट २५–१६ र २५–२३ ले जितेको सुदूरपश्चिमले तेस्रो सेट भने १६–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२ ले जित्दै सुदूरपश्चिम समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो । खेलका ’म्यान अफ द म्याच’ सुदूरपश्चिमका सन्तोष महता भए ।

प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।
साभारः उज्यालो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय