दार्चुला । दार्चुला मालिकार्जुन गाउँपालिका–६ बाँकुमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेको छ । बिहीबार बिहान चितुवा पासोमा फसेको हो ।
चितुवाको उद्धारका लागि पहल भइरहेको डिभिजन वन कार्यालय दार्चुलाका निमित्त डिभिजन प्रमुख प्रमानन्द कुँवरले बताए ।
हामीसँग उद्धार गर्ने जनशक्ति छैन्, प्रमुख जिल्ला अधिकारीमार्फत बाँकेबाट टोली मगाउनका लागि पहल भइरहेको छ,’ उनले भने, ‘सुदूरपश्चिममा जंगली जनावरको उद्धार केन्द्र नहुँदा समस्या हुने गरेको छ ।’
चितुवा र स्थानीयको सुरक्षाको लागि घटनास्थलमा वन कर्मचारी र प्रहरी खटिएका छन् । भोजराज जोशीको फेसबुक बाट
