दार्चुला । मालिकार्जुन गाउँपालिका–६ बाँकुमा बिहिवार बिहान बँदेलका लागि थापेको पासोमा चितुवा फस्यो । दिनभर वन कर्मचारी र प्रहरीले पहरा दिए । वन कर्मचारीले आज रातभर पनि पहरा दिने भएका छन् ।
चितुवा र स्थानीयको सुरक्षाको लागि कर्मचारी खटाएको डिभिजन वन कार्यालय दार्चुलाका निमित्त डिभिजन प्रमुख प्रमानन्द कुँवरले बताए ।
उनका अनुसार चितुवा र स्थानीयको सुरक्षाको लागि महाकाली सव डिभिजन वन कार्यालयका फरेष्टर गोविन्दबल्लब बडूको नेतृत्वमा वन रक्षक खटिएका छन् ।
‘टाेलीआज राति त्यही बाँकुगाउँमै बस्छन्,’ उनले भने, ‘चितुवा फसेको ठाउँमा स्थानीय नजाउन भनेर कर्मचारी खटाएका हौं, चितुवालाई शान्त वातावरण मन पर्छ ।’
चितुवाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट बिज्ञटोली दिउँसो ३ बजे दार्चुलाकालागी हिडीसकेकाे हुदा टाेली रातिनै पुग्ने र बिहानै उद्धार गर्छौ उनले भने । भोजराज जोशीको फेसबुकबाट
