दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर ३ मा पर्ने जनबिकाश माद्यामिक बिद्यालयको भवन भारतीय दुतावासबाट निर्माण हुने भएको छ ।
दुहुँ गाउँपालिका अध्यक्ष एवम काँग्रेस जिल्ला कार्य समिति सचिव पुलेन्द्र बहादुर कार्कीको बिशेष पहलमा भारतीय दुतावासबाट ३ करोड ४ लाख रुपैयाँको बजेट स्वीकृत भएको छ । गाउँपालिकाले गौरील माण्डौ माध्यामिक बिद्यालय हिकिला र जन बिकास माध्यामिक बिद्यालय बाँरबाजको भवन निर्माणका लागि पहल कदमी गरेको थियो ।
तर भारतीय दुतावासबाट जन बिकास माध्यामिक बिद्यालय छनोटमा परेको र सो बिद्यालय निर्माणका लागि बजेट बिनियोजन भएको गाउँपालिकाले जनाएको छ । निर्माणमा कुल लागतको २० प्रतिशत रकम गाउँपालिकाको हुने बुझिएको छ । भवनको निर्माण पछि बिद्यालयले भोग्दै आएको भौतिक समस्या सामाधान हुने भएको छ ।

