दार्चुला । हरियाली वन पाखा सफा र सुन्दर हाम्रो ब्यास
वन जङ्गल र वातावरण जोगाउन घरमा एल पि ग्यास ,,
धुवाँमुक्त ब्यास निर्माण अन्तर्गतका ग्यास सिलिन्डर आज एक कार्यक्रमका बिच वडा नम्बर २ का राप्ला,माल,दुम्लिङ का २४६ घरधुरीलाई वितरण गरिएको छ । धुवाँमुक्त ब्यास अभियान अन्तर्गत प्रत्येक घरधुरीलाई एक-एक थान ग्यास सिलिन्डर वितरण गरिएको ब्यास गाउँपालिका प्रवक्ता एवं वडा नम्बर २ का वडा अध्यक्ष धिरन सिह बुढाथोकी ले जानकारी दिनुभयो । सिलिन्डर वितरण कार्यक्रममा बोल्दै ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकिले दाउरा बालेर खाना पकाउदा निस्कने धुवाँका कारण विभिन्न रोग लाग्ने सम्भावना हुने र दाउराको लागी अनावश्यक बन फडानी गरिने हुँदा धुवाँ बाट बच्न बन जङ्गल फडानी रोक्न वातारणिय स्वच्छता कायम गर्न धुवाँमुक्त ब्यास अभियान संचालन गरेको बताउनु भयो साथै धुवाँमुक्त अभियान जनप्रीय बन्दै गएका कारण अन्य स्थानीय तहले पनि ब्यास गाउँपालिकाको सिको गरेको बताएका छन् ।
२०७४ साल देखि सुरु गरिएको धुवाँमुक्त ब्यास अभियान अन्तर्गत २०७४ सालमा वडा नम्बर ६ हुतीमा,२०७५ मा वडा नम्बर ५ स्याकुमा,२०७६ मा वडा नम्बर ४ सुन्सेरामा,२०७७ मा वडा नम्बर ३ सिनामा सिलिन्डर बितरण गरिएको र यो बर्ष वडा नम्बर २ पछी वडा नम्बर १ मा सिलिन्डर वितरण गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्णानन्द बडुले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय