दार्चुला । महाकाली नगरपालिका–९स्थित राष्ट्रिय माध्यमिक विद्यालय दत्तुको ८ कोठे नवनिर्मित भवन एक समारोहकाबीच सोमवार विद्यालय उदघाटन गरिएको छ । महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले विद्यालय भवनको उद्घाटन र हस्तान्तरण गरेका हुन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजेन्द्रसिंह कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष पुस्कर राज जोशी र वडा नम्बर ९ का अध्यक्ष हरसिंह डाँगाको सहभागिता रहेको थियो । महाकाली नगरपालिकाको ८२ लाख ६५ हजार ७ सय ६४ रुपैयाँको आर्थिक र प्राविधिक सहयोगमा भवन निर्माण भएको हो । भवन निर्माणको ठेक्का हुनैनाथ रानिबास निर्माण सेवाले पाएको थियो ।कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले शिक्षाको क्षेत्रमा १० वटा माध्यामिक बिद्यालयमा खेल प्रशिक्षक,६ देखी ८ सम्म सञ्चालित १८ विद्यालयहरुमा कम्प्युटर प्रशिक्षक, विद्यालय पोषण योजना अन्तर्गत दिवा खाजा अभिभावकलाई रू.२० प्रति खाजा, प्रत्येक निम्न माध्यामिक विद्यालय र माध्यामिक बिद्यालयमा कम्प्युटर ल्याव, बिज्ञान ल्याव को व्यवस्थापन गरेको वताए । त्यस्तै टुहुरा बालबालिकाहरूको अभिभावक नगर प्रमुख शैक्षिक क्षेत्रमा उचित पहुँच, खेलकुद कार्यक्रमहरू सञ्चालन र व्यवस्थापनका लागि खेल मैदान निर्माण लगायत शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरेको वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय