दार्चुला । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि दुहुँ गाउँपालिकाको जनविकास माध्यामिक बिद्यालय सिफारिस भएको छ ।
वाली विज्ञान अन्तर्गत जनविकास माध्यामिक बिद्यालय सिफारिस भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरले जनाएको छ ।
विद्यालय सहयोग कार्यक्रममा सामुदायीक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको मिति २०७८ चैत्र ८ गते बसेको बैठकको निर्णय अनुसार जनविकास मा.वि वारवाज सिफारिस भएको हो ।
