दार्चुला । पुलघाट नाकाबाट लागु औषध वरामद गरिएको छ । जिल्ला सदरमुकाम खलंगाको पुलघाटमा रहेको नेपाल–भारत जोड्ने झोलुंगे पुलमा चेकजाँच गर्ने क्रममा त्यँहा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले लागु औषध बरामद गरेको हो ।
सोमबार दिउसो १ बजेतिर भारतको पिथौरागढ जिल्ला अन्तरगत पर्ने धारचुलाबाट नेपाल आउदै गरेका मालिकार्जुन गाउँपालिका–८ का २२ वर्षिय रोशन रावल र सोही ठाउँका २० वर्षिय धिरेन्द्र सिंह धामीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट लागु औषध बरामद गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
पुलघाटमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोलीलाई शंका लागेपछि चेकजाँच गरिएको तथा उनिहरुको साथबाट स्पास प्लस नामक लागु औषधको ६ ट्याबलेट फेला पारेको स्रोतले बताएको छ । बरामद लागु औषध र ति दुवै जना युवालाई जिल्ला प्रहरी कार्यालय लगिएको बुझिएको छ । उनीहरुलाई लागु औषध ऐन २०३३ अनुसार कारबाही हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय